थापा रथीमा सिफारिस, सेनापति बन्ने सम्भावना

Share this
659shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १२, बिहीबार ०७:५६

काठमाडौं । नेपाली सेनाको भावी नेतृत्वमा पुग्ने सम्भावना बोकेका उपरथी अनुपजंग थापा रथीमा बढुवाका लागि सिफारिस भएका छन् । रथी पदमा बढुवाका लागि उनको नाम सिफारिस भएसँगै उनी प्रधानसेनापति बन्ने रोलक्रममा अघि देखिएका छन् ।

थापा प्रधानसेनापति बन्ने सम्भावना बलियो बनेको हो । रथी प्रदीपजंग केसीको अध्यक्षतामा बसेको बढुवा सिफारिस बोर्डको बैठकले थापालाई रथीमा बढुवाका लागि सिफारिस गरेको हो । सोमबार प्रकाशित सूचनामार्फत बोर्डले सिफारिसप्रति असहमति भए सात दिनभित्र उजुरी दिन सकिने जनाएको छ ।

रथी गणेश श्रेष्ठले आगामी मंसिर ७ गते अवकाश पाएपछि रिक्त हुने पदमा थापाको बढुवा सिफारिस गरिएको हो । उक्त पदका लागि उपरथी मधुकर कार्की पनि प्रतिस्पर्धामा छन् । तर, रथी प्रदीपजंग केसीले मंसिर १५ गते अवकाश पाएपछि मात्रै कार्कीको बढुवाको प्रक्रिया अघि बढ्ने बताइएको छ ।

थापाको बढुवा सिफारिसलाई नेपाली सेनाको भावी नेतृत्वसँग जोडेर हेरिएको छ । हालका प्रधानसेनापति अशोकराज सिग्देलले आगामी भदौ २४ गते अवकाश पाएपछि वरिष्ठता र प्रचलित प्रक्रियाका आधारमा थापा प्रधानसेनापति बन्ने सम्भावना बलियो देखिएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×