एनपीएलमा आज ब्रेक

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १३, शुक्रबार ११:२९
फाइल तस्बिर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज शुक्रबार कुनै पनि खेल नहुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज प्रतियोगितामा विश्राम दिन राखेको हो ।

भोलि शनिबार भने कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा दुई खेल सञ्चालन हुनेछन् ।

दिनको पहिलो खेलमा दिउँसो १२:३० बजे लुम्बिनी लायन्स र चितवन राइनोज भिड्नेछन् । यस्तै, दोस्रो खेलमा साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुनेछ ।

विश्रामपछि शनिबार हुने दुवै खेलले एनपीएलको प्रतिस्पर्धालाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.