एनपीएलः जनकपुरविरुद्ध काठमान्डुले टस जितेर रोज्यो ब्याटिङ

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १२, बिहीबार १२:२९
एनपीएलः जनकपुरविरुद्ध काठमान्डुले टस जितेर रोज्यो ब्याटिङ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ अन्तर्गत बिहीबार (आज) को पहिलो खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्ट्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

काठमान्डुका कप्तान करण केसीले टस जितेपछि ब्याटिङ रोजेका हुन् । काठमान्डुले आजको खेलसँगै जारी सिजनमा आफ्नो यात्रा सुरु गर्दै छ ।

यसअघि प्रतियोगितामा खेलिसकेको जनकपुर बोल्ट्स भने आफ्नो पहिलो खेलमा पराजित भएको थियो । पहिलो जितको लक्ष्यसहित मैदान उत्रिएको जनकपुर आज काठमान्डुविरुद्ध पुनरागमन गर्ने प्रयासमा हुनेछ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×