आठ हजार मिटरमाथिका थप ६ हिमाललाई मान्यता दिलाउन नेपालको पहल

Share this
768shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १३, शुक्रबार १७:१६

काठमाडौं । नेपालले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको सूचीमा थप ६ हिमाल समावेश गर्न अन्तर्राष्ट्रिय पहल थालेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलका अनुसार विश्व पर्वतारोहण तथा आरोहण महासंघ (यूआईएए) को सन् २०२६ को साधारणसभामा नेपालले उक्त प्रस्ताव अघि बढाएको हो ।

नेपाल पर्वतारोहण संघमार्फत प्रस्तुत प्रस्तावमा यालुङ काङ, कञ्चनजङ्घा दक्षिण, कञ्चनजङ्घा मध्य, ल्होत्से मध्य, ल्होत्से शार र यालुङ काङ पश्चिमलाई छुट्टै हिमालका रूपमा मान्यता दिन माग गरिएको छ । यी हिमालको उचाइ क्रमशः ८ हजार ५०५, ८ हजार ४७६, ८ हजार ४७३, ८ हजार ४१०, ८ हजार ४०० र ८ हजार ७७ मिटर छ। प्रस्ताव स्वीकृत भए नेपालमा आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या आठबाट बढेर १४ पुग्नेछ ।

काठमाडौंमा शुक्रबारदेखि सुरु भएको यूआईएएको साधारणसभामा विभिन्न देशका पर्वतारोहण महासंघका प्रतिनिधि, विज्ञ तथा सरोकारवाला सहभागी छन् । मन्त्री पौडेलले प्रस्तावले नेपालको पर्वतीय पहिचान विस्तार गर्नुका साथै पर्वतारोहण, साहसिक पर्यटन र हिमाली अनुसन्धानका नयाँ सम्भावना खोल्ने बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.