ब्राउन सुगरसहित सुनसरीमा दुई जना पक्राउ

Share this
670shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १४, शनिबार ०६:३१
 

सुनसरी । सुनसरीको लौकहीबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका–३ का ३४ वर्षीय दीपक परियार र उदयपुरको बेलका नगरपालिका–३ का ३२ वर्षीय बलबहादुर थापा रहेका छन् । प्रहरीका अनुसार शुक्रबार दिउँसो ४ः३० बजेतिर कोशी गाउँपालिका–१ लौकहीस्थित भन्सार कार्यालय जाने बाटोमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको टोलीले उनीहरूलाई शंकास्पद अवस्थामा फेला पारेको थियो ।

भारतबाट पैदल नेपालतर्फ आउँदै गरेका उनीहरूलाई नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा २ ग्राम १७० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । ब्राउन सुगरसहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.