
डोल्पा । जिल्ला कारागार डोल्पाबाट सुरुङ खनेर आठ जना कैदी फरार भएका छन्।
प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार शनिबार बिहान करिब ६ बजेतिर कैदीबन्दीको गणना गर्ने क्रममा संख्या नपुगेपछि उनीहरू फरार भएको खुलेको हो ।
घटनाबारे जानकारी पाएपछि अहिले कारागारको सीसी क्यामेराको फुटेज अध्ययन भइरहेको प्रमुख जिल्ला अधिकारी हमालले बताइन् ।
‘अहिले सीसी क्यामेरा हेरिरहेका छौँ,’ उनले भनिन्, ‘थप विवरण अध्ययन गर्दै छौँ।’
फरार कैदीहरू को–को हुन् र उनीहरू कुन समयदेखि फरार भएका हुन् भन्नेबारे थप विवरण आउन बाँकी छ।

























