कोशीका पाँच जिल्लामा विद्युत् सेवा अवरुद्ध हुने

Share this
739shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १४, शनिबार १०:०६

विराटनगर । केरौन १३२/३३ केभी सबस्टेसन सञ्चालनको तयारीका लागि प्रसारण लाइनमा काम गर्नुपर्ने भएकाले कोशी प्रदेशका पाँच जिल्लामा शनिबार र आइतबार आठ घण्टा विद्युत् सेवा बन्द हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणको केरौन सबस्टेसन आयोजनाका अनुसार दुहबी–दमक १३२ केभी प्रसारण लाइनमा ‘लुप इन लुप आउट’ कार्य गर्न लागिएको हो ।

यसका लागि दुवै दिन बिहान ४ बजेदेखि दिउँसो १२ बजेसम्म झापा, इलाम, पाँचथर र ताप्लेजुङका सबै क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ । मोरङको उर्लाबारी र पथरी आसपासका क्षेत्रमा पनि विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.