निष्पक्ष रिपोर्टिङमा अवरोध हुन नदिने आईजीपी कार्कीको प्रतिबद्धता

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १४, शनिबार १२:०६

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सञ्चारकर्मीले समाचार संकलन र सम्प्रेषण गर्दा कुनै पनि प्रकारको अवरोध हुन नदिने बताएका छन् । उनले सञ्चारकर्मीबाट निष्पक्ष, तथ्यपरक र साहसिक रिपोर्टिङको अपेक्षा गरेको पनि उल्लेख गरेका छन् ।

पत्रकार पक्राउ परेको भोलिपल्ट शनिबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै कार्कीले प्रहरी सञ्चारकर्मीको व्यावसायिक काममा अवरोध नहुने वातावरण बनाउन प्रतिबद्ध रहेको बताएका हुन्।  समाचारको विषयलाई लिएर प्रहरीले शुक्रबार पत्रकार विश्वमणि सुवेदी, धिरज बस्नेतलगायतलाई पक्राउ गरेको थियो । चौतर्फी विरोधपछि प्रहरीले उनीहरूलाई केही घण्टामै रिहा गरेको थियो ।

यसैबीच, आईजीपी कार्कीले सम्भावित वर्षा, हावाहुरी र त्यसबाट उत्पन्न हुन सक्ने विपद्को जोखिम न्यूनीकरणका लागि नागरिक, सञ्चारकर्मी र सरोकारवाला निकायसँग सहकार्य गर्न आह्वान गरेका छन् । विपद्बाट हुन सक्ने जनधनको क्षति कम गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै उनले त्यसका लागि नेपाल प्रहरीले आफ्नो जिम्मेवारी पूरा गर्न सधैँ सक्रिय रहने बताएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.