अनशनरत डा. केसीसँग वार्ता गर्न समिति गठन

Share this
794shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १८, बुधबार १५:५१

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनमा बसेका प्रा. डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले समिति गठन गरेको छ ।

केसीका माग सम्बोधन गर्ने विषयमा संवाद अघि बढाउन शिक्षा मन्त्रालयका सहसचिव जयराम अधिकारीको संयोजकत्वमा बुधबार वार्ता समिति बनाइएको हो । समितिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहसचिव, चिकित्सा शिक्षा आयोगका सदस्य सचिव र शिक्षा मन्त्रालयका एक उपसचिव सदस्य छन् ।

चिकित्सा शिक्षा आयोगले आवश्यक पूर्वाधार र कानुनी मापदण्ड पूरा नगरेका संस्थालाई एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको तथा सिट संख्या बढाउने निर्णय गरेको भन्दै डा. केसीले विरोध जनाउँदै आएका छन् । उनले आयोगको उक्त निर्णय तत्काल खारेज गर्नुपर्ने मागसहित अनशन थालेका हुन् ।

डा. केसीले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष तथा मेडिकल विश्वविद्यालयका पदाधिकारीहरूको निर्णय प्रक्रियामा स्वार्थको द्वन्द्व देखिएको आरोपसमेत लगाएका छन् । चिकित्सा शिक्षाको गुणस्तर र नियमनसँग जोडिएका विषयमा आयोगको निर्णयमाथि प्रश्न उठाउँदै आएका केसीले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने अडान लिएका छन् ।

सरकारले वार्ता समिति गठन गरेसँगै केसीका माग सम्बोधन गर्ने विषयमा संवादको बाटो खुलेको छ ।

तपाइको प्रतिक्रिया
हेलिकोप्टर दुर्घटना छानबिन गर्न समिति
मोरङमा सहकारीको कोल्ड स्टोरमा तस्करीको माला, सशस्त्रद्वारा बरामद
अनशनरत डा. केसीसँग वार्ता गर्न समिति गठन
पुनर्बीमा कम्पनीको उछालले धान्यो नेप्सेको सामान्य वृद्धि
बीपी प्रतिष्ठानको ४८औँ सञ्चालक परिषद् सभा सम्पन्न
मनोजकुमार केसीको प्रहरी यात्रा : नक्कली भुटानी शरणार्थी प्रकरणदेखि आईजीपीसम्म
आईजीपी प्रकरणमा रास्वपाको हस्तक्षेप रहेको सरकारको स्वीकारोक्ति
कानुनको शासन नै सुशासनको आधारः राष्ट्रपति पौडेल
स्थानीय तह र प्रदेशबाटै सामूहिक स्वास्थ्य बीमा
बर्खास्तीको निर्णयविरुद्ध कानुनी उपचार खोज्दै दानबहादुर कार्की
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.