
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आर्थिक पारदर्शिता, प्रशासनिक सुधार र स्वास्थ्य सेवाको प्रभावकारिता बढाउन जोड दिएकी छन् ।
प्रतिष्ठान सञ्चालक परिषद्को ४८औँ सभालाई मंगलबार सम्बोधन गर्दै उनले एमआरआई सेवा खरिद प्रक्रिया शीघ्र टुङ्ग्याउन तथा निर्माणाधीन मातृशिशु भवनको निर्माण र सेवा सञ्चालनलाई प्राथमिकता दिन आग्रह गरिन् ।
उनले चिकित्सा शिक्षाको गुणस्तर सुधार गर्नुपर्नेमा पनि जोड दिइन् । कोशी र मधेश प्रदेशका स्वास्थ्य संस्थासँग सहकार्य र समन्वय विस्तार गरी प्रतिष्ठानको सेवा पहुँच बढाउनुपर्ने उनको भनाइ थियो ।
सभाबाट भएका निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्पष्ट जिम्मेवारी र समयसीमा निर्धारण गर्नुपर्ने उल्लेख गर्दै मन्त्री मेहताले संस्थागत जवाफदेहिता सुनिश्चित गर्न आग्रह गरिन् ।

























