तास खेल्दै गर्दा नौ जना पक्राउ

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २०, शुक्रबार ०६:४२

धनकुटा । धनकुटामा घरभित्रै तासको खाल सञ्चालन भइरहेको अवस्थामा प्रहरीले छापा मारेर नौ जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट नगद २४ हजार ५ सय रुपैयाँ र एक बुङ खुल्ला तास बरामद भएको छ ।

धनकुटा नगरपालिका–५ देवनटारस्थित मेनकुमारी लिम्बूको घरमा बिहीबार साँझ जुवातास खेल भइरहेको सूचनाका आधारमा प्रहरीले कारबाही गरेको हो । प्रहरीले साँझ ५ः३० बजेतिर तास खेलिरहेका व्यक्तिहरूलाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ पर्नेमा सहिदभूमि गाउँपालिका–५ का ४५ वर्षीय महेश कुमार राई र ५२ वर्षीय मोहनचन्द्र राई छन् । त्यस्तै धनकुटा नगरपालिका–६ का ३० वर्षीय कुमार राई, वडा नम्बर ७ का ५१ वर्षीय भोगेन्द्र राई तथा वडा नम्बर ५ का ४५ वर्षीय बलबहादुर राई, ३६ वर्षीया सोमकुमारी लिम्बू, ५० वर्षीया तीर्थ लिम्बू र ३७ वर्षीया मेनकुमारी लिम्बू पक्राउ परेका छन् । वडा नम्बर २ का २८ वर्षीय शुक्र राई पनि पक्राउ परेका छन् ।

धनकुटा प्रहरीका सूचना अधिकारी डीएसपी हेमन्त भण्डारी क्षेत्रीले पक्राउ परेकामाथि अनुसन्धान भइरहेको जनाए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.