पोखराविरुद्ध चितवनको पहिले ब्याटिङ

Share this
688shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २०, शुक्रबार १७:१७

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत शुक्रबारको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा पोखराले टस जितेर चितवनलाई ब्याटिङको निम्तो दिएको हो।

जारी प्रतियोगितामा पोखराले तीन खेल खेलिसक्दा अहिलेसम्म जितको खाता खोल्न सकेको छैन। तीनै खेलमा पराजित पोखरा पहिलो जितको खोजीमा मैदान उत्रिएको छ।

यता, समान तीन खेल खेलेको चितवनले एक खेलमा जित र अर्कोमा हार बेहोरेको छ। वर्षाका कारण एक खेल हुन नसकेपछि चितवनले एक अंक बाँडेको थियो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.