‘अदालतका फैसला सर्वसाधारणले बुझ्ने हुनुपर्छ’

Share this
785shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २१, शनिबार १२:४१

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित जनक पाण्डेले अदालतका फैसला सर्वसाधारणले पनि सहजै बुझ्ने भाषामा लेखिनुपर्ने बताएका छन् । फैसला बुझ्नकै लागि कानुन व्यवसायीकहाँ पुगेर थप शुल्क तिर्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने उनको भनाइ छ ।

शनिबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै पाण्डेले न्याय सम्पादनमा स्पष्टता, तर्कसंगतता र कानुनी शुद्धतालाई प्राथमिकता दिने बताए ।

उनले न्याय दिनु मात्र पर्याप्त नहुने भन्दै निष्पक्ष सुनुवाइमार्फत न्याय दिएको अनुभूति पनि दिलाउनुपर्नेमा जोड दिए । मुद्दाका दुवै पक्षको कुरा सुन्ने, विवादका मुख्य तथ्य पहिचान गर्ने र प्रमाण तथा कानुनी व्यवस्थाको निष्पक्ष विश्लेषणपछि निर्णयमा पुग्नुपर्ने उनको भनाइ छ । निर्णय आफ्नो पक्षमा नआएको पक्षले पनि त्यसको कारण बुझ्न सक्ने गरी फैसला लेखिनुपर्ने उनले बताए ।

कुन तथ्य, प्रमाण र कानुनी आधारका कारण निर्णय आफ्नो पक्षमा आएन भन्ने स्पष्ट पार्न सके न्यायालयप्रतिको विश्वास बढ्ने उनको धारणा छ । पाण्डेले फैसला लेखनको गुणस्तर सुधार र न्यायिक नजिरको उचित प्रयोगलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए । न्यायाधीशले फैसला गर्दा स्थापित नजिर र कानुनी आधार स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने उनको भनाइ छ ।

सर्वोच्च अदालतमा मुद्दाको चाप र वर्षौँदेखि विचाराधीन मुद्दाको संख्या न्याय सम्पादनका प्रमुख चुनौती रहेको उनले औँल्याए । २०८३ असार ११ गतेसम्म सर्वोच्च अदालतमा २६ हजार ९९७ मुद्दा फैसला हुन बाँकी रहेको जानकारी दिँदै उनले तीमध्ये पाँच वर्ष नाघेका एक हजार २५५ र दुई वर्ष नाघेका दुई हजार ९४९ मुद्दा रहेको बताए ।

ढिलो न्याय दिनु भनेको न्याय नदिनुसरह हुने उल्लेख गर्दै उनले मुद्दाको प्रकृति, जटिलता, पुरानो अवस्था र कानुनी महत्त्वका आधारमा प्राथमिकता निर्धारण गरेर फर्छ्योट गर्नुपर्ने बताए । मुद्दा व्यवस्थापन प्रणाली (डीसीएम) प्रभावकारी रूपमा लागू गर्न र कानुन व्यवसायीको बहसलाई समयसीमाभित्र व्यवस्थित गर्नुपर्ने उनको सुझाव छ ।

न्यायमा पहुँचबाट वञ्चित समुदायसम्म संवैधानिक तथा मौलिक हकको प्रत्याभूति गराउनुपर्नेमा पनि पाण्डेले जोड दिए । संवैधानिक अधिकारको प्रयोग पहुँच भएका र माथिल्लो वर्गका व्यक्तिले बढी गरिरहेको उल्लेख गर्दै उनले शोषित, पीडित तथा आफ्ना अधिकारबारे जानकारी नभएका समुदायसम्म न्यायिक पहुँच विस्तार गर्नुपर्ने बताए ।

तपाइको प्रतिक्रिया
कस्तो रहने छ भाइटीकाको दिन मौसम ?
ढाका टोपीमा सजिएर नेपाल फेस्टिभलमा पुगे अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिज
मिडियामाथिको दबाबविरुद्ध प्रदर्शन
२० निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनी कालोसूचीमा
अनियमितताको आरोपमा गण्डकीका खेलकुद परिषद्का सदस्यसचिव शर्मा बर्खास्त
कोप–३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
‘न्यायाधीशको कामकारबाहीमाथि पनि निगरानी हुनुपर्छ’
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
आवश्यकताअनुसार प्रदेश र स्थानीय तहमा थप कर्मचारी खटाइने
पर्यटन प्रबर्द्धन गर्न इलामको कन्याममा चिया महोत्सव हुँदै
सप्तकोशीमा मोटरबोट दुर्घटना: तीन जनाको मृत्यु, तीन जना बेपत्ता
सप्तकोशी बोट दुर्घटनाको छानबिन तीव्र, तिहारपछि प्रतिवेदन आउने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.