अनियमितताको आरोपमा गण्डकीका खेलकुद परिषद्का सदस्यसचिव शर्मा बर्खास्त

Share this
774shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २१, शनिबार १४:०७

पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेश खेलकुद परिषद्का सदस्यसचिव श्रीधर शर्मालाई पदबाट बर्खास्त गरेको छ। खेलाडीलाई पदक तथा नगद पुरस्कार वितरणमा अनियमितता गरेको र निर्धारित प्रक्रियाविपरीत काम गरेको आरोपमा छानबिनमा परेका शर्मालाई मन्त्रिपरिषद्को बैठकले हटाउने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं आर्थिक मामिलामन्त्री जीतबहादुर शेरचनले शर्मालाई पदबाट हटाउने निर्णय भएको पुष्टि गरेका छन् । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले शुक्रबार परिषद् र सम्बन्धित निकायलाई निर्णय कार्यान्वयनका लागि पत्राचार गरिसकेको छ।

शर्माको स्थानमा अर्को व्यवस्था नभएसम्म मन्त्रालयको खेलकुद महाशाखा प्रमुख उपसचिव दीपेन्द्र परियारलाई सदस्यसचिवको जिम्मेवारी दिइएको छ। परिषद्का अन्य पदाधिकारी तथा सदस्य भने यथावत् रहने मन्त्रालयले जनाएको छ।

परिषद्ले पहिलोपटक आयोजना गरेको खेलकुद पदक तथा नगद पुरस्कार वितरण कार्यक्रममा अनियमितता भएको भन्दै विवाद उत्पन्न भएपछि शर्मामाथि छानबिन गरिएको थियो। गत असार ३० गते राष्ट्रिय वा प्रदेशस्तरको कुनै महत्त्वपूर्ण दिवससमेत नपरेको दिन पदक वितरण गरिएको विषयलाई छानबिनका क्रममा प्रश्न उठाइएको थियो। यसले पदकको गरिमा र महत्त्वमा प्रतिकूल असर परेको भन्दै शर्मासँग स्पष्टीकरणसमेत मागिएको थियो।

त्यस्तै, पदकका लागि आवेदन दिन छुटेका खेलाडीलाई पर्याप्त समय दिएर सूचना प्रकाशन नगरी पुरस्कार वितरण गरिएको छानबिनमा औँल्याइएको थियो। परिषद्को स्वीकृत वार्षिक कार्यक्रममा बढीमा चार जनालाई मात्र वर्ष खेलाडीका रूपमा पदक दिने व्यवस्था भए पनि त्यसविपरीत अन्य खेलाडीलाई समेत प्रोत्साहन रकम वितरण गरिएको पाइएको थियो। यही अनियमितता र प्रक्रियागत त्रुटिलाई आधार बनाएर सरकारले शर्मालाई पदबाट हटाउने निर्णय गरेको हो।

तपाइको प्रतिक्रिया
कस्तो रहने छ भाइटीकाको दिन मौसम ?
ढाका टोपीमा सजिएर नेपाल फेस्टिभलमा पुगे अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिज
मिडियामाथिको दबाबविरुद्ध प्रदर्शन
२० निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनी कालोसूचीमा
अनियमितताको आरोपमा गण्डकीका खेलकुद परिषद्का सदस्यसचिव शर्मा बर्खास्त
कोप–३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
‘न्यायाधीशको कामकारबाहीमाथि पनि निगरानी हुनुपर्छ’
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
आवश्यकताअनुसार प्रदेश र स्थानीय तहमा थप कर्मचारी खटाइने
पर्यटन प्रबर्द्धन गर्न इलामको कन्याममा चिया महोत्सव हुँदै
सप्तकोशीमा मोटरबोट दुर्घटना: तीन जनाको मृत्यु, तीन जना बेपत्ता
सप्तकोशी बोट दुर्घटनाको छानबिन तीव्र, तिहारपछि प्रतिवेदन आउने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.