दैलेखमा हँसिया प्रहारबाट चार महिला घाइते, एकको अवस्था गम्भीर

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २२, आइतबार ०९:३५

काठमाडौं । दैलेखको ठाटीकाँध गाउँपालिका–४ धनकोटमा घरेलु हतियार हँसिया प्रहारबाट चार जना महिला घाइते भएका छन् । आइतबार बिहान स्थानीय ३७ वर्षीय बमबहादुर रावतले चन्द्रबहादुर पुन मगरको घरमा प्रवेश गरी परिवारका सदस्यहरूमाथि हँसिया प्रहार गर्दा उनीहरू घाइते भएका हुन्।

प्रहरीका अनुसार बिहान करिब ५ बजेतिर भएको घटनामा चन्द्रबहादुरकी श्रीमती ४५ वर्षीया बिमा मगर गम्भीर घाइते भएकी छन् । उनको टाउको र अनुहारमा चोट लागेको छ । त्यस्तै, चन्द्रबहादुरकी भाइबुहारी २५ वर्षीया महेसरा पुनका दुवै हत्केला काटिएका छन्।

घटनामा २० वर्षीया लक्ष्मी पुन र २३ वर्षीया तिला पुन मगर पनि घाइते भएका छन्। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइते चारै जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।

घटनाको सूचना पाएलगत्तै प्रहरी चौकी ठाटीकाँधबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। हँसिया प्रहार गर्ने रावतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटाइएको छ। घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.