
काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार पनि सुनको मूल्य यही कायम थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि स्थिर छ । आज चाँदी प्रतितोला तीन हजार ८१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य दुई लाख ४२ हजार ६२५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य तीन हजार २६७ रुपैयाँ कायम भएको छ ।

























