समाजमा सद्भाव र एकता बलियो बनोस्: थापा

Share this
779shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २२, आइतबार १८:०१
‘जीवनभर नभएको निन्दा यी तीन दिनमा खेपेँ’: सभापति थापा 

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले तिहारको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूमा शुभकामना व्यक्त गरेका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले उज्यालो, आत्मीयता र सद्भावको पर्व तिहारले सबैको जीवनमा नयाँ आशा, उत्साह र सकारात्मक ऊर्जा सञ्चार गरोस् भन्ने कामना गरेका छन् ।

दियोको उज्यालोले अन्धकार हटाएझैँ तिहारले समाजमा व्याप्त निराशा, अविश्वास र विभाजन हटाउँदै आपसी सद्भाव, एकता र विश्वासलाई बलियो बनाउनुपर्नेमा उनले जोड दिएका छन् ।

‘दियोको उज्यालोले अन्धकार हटाएझैँ हाम्रो समाजमा व्याप्त निराशा, अविश्वास र विभाजनलाई चिर्दै आपसी सद्भाव, एकता र विश्वासलाई अझ बलियो बनाओस्,’ उनले सन्देशमा उल्लेख गरेका छन् ।

थापाले तिहारले सबै नेपालीलाई सत्य, न्याय र सद्भावको बाटोमा दृढतापूर्वक अघि बढ्ने प्रेरणा दिने विश्वास पनि व्यक्त गरेका छन् ।

हरेक नेपालीको घरमा खुसी, मनमा आशा र मुलुकको साझा भविष्यमा समृद्धिको उज्यालो फैलियोस् भन्दै उनले आमाबुबा, दाजुभाइ तथा दिदीबहिनी सबैमा सुख र शान्तिको कामना गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.