झापाको बाहुनडाँगीमा हात्ती रोक्न साइरनदेखि सवारीसाधनसम्म परिचालन

Share this
675shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २६, बिहीबार ०९:१०

झापा । भारतबाट जंगली हात्तीको बथान नेपाल प्रवेश गर्न थालेपछि झापाको मेचीनगर–४ प्रसाद गौडामा हात्ती नियन्त्रण तथा सम्भावित क्षति रोक्न सुरक्षाकर्मी, वन कर्मचारी र स्थानीयवासी परिचालन भएका छन्। हात्तीलाई नेपाल प्रवेश गर्न नदिन बुधबारदेखि सीमावर्ती क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार भारतसँग सीमा जोडिएको उक्त क्षेत्रबाट हात्ती नेपाल प्रवेश गरी स्थानीयका घर भत्काउने र पाकेको धानबाली खाने गरेको छ। त्यसैले हात्तीलाई पुनः भारततर्फ फर्काउन सुरक्षा निगरानी बढाइएको हो।

हात्तीको प्रवेश रोक्न सशस्त्र प्रहरी बल नेपाल बीओपी बाहुनडाँगी, नेपाल प्रहरी, डिभिजन वन कार्यालयका वन रक्षक, र्‍यापिड रेस्पोन्स टिम, विभिन्न संघसंस्था तथा स्थानीय किसान सक्रिय भएका छन् । उनीहरूले विभिन्न उपकरण र सवारीसाधन प्रयोग गरी सीमावर्ती क्षेत्रमा निगरानी र रोकथाम गरिरहेका छन्।

यसका लागि १० भन्दा बढी साना माइकसहितका साइरन, सशस्त्र प्रहरीका दुई ठूला साइरन, वन कार्यालय र सशस्त्र प्रहरीका एक–एक साइरन जडित सवारीसाधन तथा नेपाल प्रहरीको एउटा ठूलो साइरन परिचालन गरिएको छ। त्यसैगरी, निगरानीका लागि ९० भन्दा बढी ठूला लाइट, तीनवटा ट्याक्टर र १० भन्दा बढी मोटरसाइकल प्रयोगमा ल्याइएको छ।

सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न स्थानीय प्रशासनले सीमावर्ती क्षेत्रका बासिन्दालाई सतर्क रहन र आवश्यक सुरक्षा सावधानी अपनाउन आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया
यमनमा इन्धन पूर्वाधारमाथि हवाई हमला
मोरङको सुनवर्षीमा भीषण आगलागी: पाँच घर जलेर नष्ट 
झापाको बाहुनडाँगीमा हात्ती रोक्न साइरनदेखि सवारीसाधनसम्म परिचालन
मकवानपुरमा माइक्रो बस दुर्घटना: १० जनाको मृत्यु, पाँच जना घाइते
एनपीएलः विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी भिड्दै
मकवानपुरमा यात्रुवाहक ईभी गाडी ५०० मिटर तल खस्यो, १४ जना सवार रहेको अनुमान
भोजपुरको वास्तिममा पाँच शय्याको अस्पताल सञ्चालन, गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा
विदेशी मुद्रा विनिमय दर: डलरदेखि युरोसम्मको मूल्य सार्वजनिक
विदेशी मुद्रा विनिमय दर: डलरदेखि युरोसम्मको मूल्य सार्वजनिक
नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा हुँदै
सुनसरीमा तीन सवारीसाधन ठोक्किँदा बालिकाको मृत्यु, पाँच घाइते 
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.