मोरङको सुनवर्षीमा भीषण आगलागी: पाँच घर जलेर नष्ट 

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २६, बिहीबार ०९:५७

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–६ झपडतलमा बुधबार साँझ भएको आगलागीमा पाँचवटा घर जलेर नष्ट भएको छ ।

स्थानीय दिलबहादुर कार्कीको काठले बनेको दुई तले घर, दुईवटा गाईगोठ, भान्छा घर र भण्डारघरसहित पाँचवटा संरचना जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार साँझ ६ः ४५ बजेदेखि सुरु भएको आगलागी दमकल, स्थानीयवासी र सुरक्षाकर्मीको सक्रियतामा राति ९ः१५ बजेतिर नियन्त्रणमा लिइएको थियो। आगो निभाउन रतुवामाई, रंगेली नगरपालिका र कानेपोखरी गाउँपालिकाबाट दमकल परिचालन गरिएको प्रहरीले जनाएको छ ।

आगलागीका क्रममा गाईगोठबाट गाई गोरु निकाल्ने प्रयास गर्दा कार्कीकी नातिनी सुष्मा कार्कीको हातमा सामान्य चोट लागेको छ। गोठमा रहेका चारवटा गाई गोरुको भने सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले पटाका पड्काउने क्रममा आगो सल्किएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ। आगलागीबाट एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको हुनसक्ने अनुमान गरे पनि क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
भीमफेदी दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो
अस्ट्रेलियाबाट बाढीपहिरो पीडितलाई ६० हजार डलर सहयोग
यमनमा इन्धन पूर्वाधारमाथि हवाई हमला
मोरङको सुनवर्षीमा भीषण आगलागी: पाँच घर जलेर नष्ट 
झापाको बाहुनडाँगीमा हात्ती रोक्न साइरनदेखि सवारीसाधनसम्म परिचालन
मकवानपुरमा माइक्रो बस दुर्घटना: १० जनाको मृत्यु, पाँच जना घाइते
एनपीएलः विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी भिड्दै
मकवानपुरमा यात्रुवाहक ईभी गाडी ५०० मिटर तल खस्यो, १४ जना सवार रहेको अनुमान
भोजपुरको वास्तिममा पाँच शय्याको अस्पताल सञ्चालन, गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा
विदेशी मुद्रा विनिमय दर: डलरदेखि युरोसम्मको मूल्य सार्वजनिक
विदेशी मुद्रा विनिमय दर: डलरदेखि युरोसम्मको मूल्य सार्वजनिक
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.