केराबारीमा महिलाको मृत्यु प्रकरण : श्रीमान अनुसन्धानको दायरामा, उपचारका लागि धरान पठाइयो

Share this
611shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २७, शुक्रबार १६:२१

विराटनगर । मोरङको केराबारी गाउँपालिका–२ फैबामा अर्धनग्न अवस्थामा मृत फेला परेकी महिलाको मृत्यु प्रकरणमा प्रहरीले उनका श्रीमानलाई अनुसन्धानको दायरामा ल्याएको छ ।

३१ वर्षीया पार्वती लिम्बूको शव घरबाट करिब एक किलोमिटर टाढा जंगलमा फेला परेपछि प्रहरीले उनका श्रीमान ३५ वर्षीय पूर्णबहादुर लिम्बूमाथि अनुसन्धान अघि बढाएको हो । प्रहरीका अनुसार पूर्णबहादुर रगत बान्ता गरिरहेको अवस्थामा घरमै फेला परेका थिए । उनलाई नियन्त्रणमा लिएर आफन्तको जिम्मा लगाउँदै उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी सन्तोष श्रेष्ठले बताए ।

उनका अनुसार श्रीमान र श्रीमतीबीच पटकपटक विवाद र झैझगडा हुने गरेको जानकारी स्थानीयबाट प्राप्त भएपछि श्रीमानलाई अनुसन्धानको दायरामा ल्याइएको हो । तत्काल हेर्दा घटना शंकास्पद नदेखिएको उनले बताए । दुवै जनाले अत्यधिक मदिरा सेवन गर्ने गरेको जानकारी प्रहरीलाई प्राप्त भएको छ ।

बिहीबार साँझ स्थानीयले जंगलमा घोप्टो परेको अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको कम्मरभन्दा तलको भागमा कपडा थिएन । कपडा घटनास्थलमै फेला परेको प्रहरीले जनाएको छ । शरीरमा बाहिरी चोटपटक भने देखिएको छैन ।

घटनास्थल पुगेका फरेन्सिक चिकित्सकले मदिरा सेवनपछि बेहोस अवस्थामा कपडा खोलेको हुनसक्ने आशंका गरेका छन् । यद्यपि, यो प्रारम्भिक आशंका मात्रै भएकाले मृत्युको वास्तविक कारण पोस्टमार्टम रिपोर्टपछि मात्रै यकिन हुने डीएसपी श्रेष्ठले बताए ।

‘श्रीमान–श्रीमतीले नै अत्यधिक मदिरा सेवन र बारम्बार झैझगडा गर्ने गरेको जानकारीमा आएको छ । श्रीमती जंगलमा अर्धनग्न अवस्थामा मृत फेला परेपछि श्रीमानलाई अनुसन्धानको दायरामा ल्याइएको हो । तर, तत्कालका लागि घटना शंकास्पद देखिएको छैन । पोस्टमार्टम रिपोर्टबाट मृत्युको कारण यकिन हुन्छ,’ डीएसपी श्रेष्ठले भने ।

शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानबाट महिलाको मृत्युको कारण तथा घटनाको वास्तविकता खुल्ने प्रहरीले जनाएको छ ।

मोरङको केराबारीमा अर्धनग्न अवस्थामा महिलाको शव फेला

तपाइको प्रतिक्रिया
विश्वभरका बौद्ध गुरुहरूको सहभागितामा डुक्पा परिषद् सुरु
नेपालको जलवायु वित्त ऋणभन्दा अनुदानमा आधारित हुनुपर्नेमा जोड
मृतकका परिवारलाई जनही एक लाख राहत
कोशीका पहाडी पालिकामा रास्वपाको वडाध्यक्ष बन्ने उम्मेदवार नै भेटिएनन्
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
निर्वाचन प्रहरीको पोसाक खरिद प्रकरणमा अख्तियारको अनुसन्धान तीव्र
प्रहरीमा बढुवाको दौड तीव्र, एआईजीदेखि डीआईजीसम्म पद रिक्त हुँदै
नेप्सेमा १९ अंकको गिरावट 
लामो बिदापछि खुलेको सेयर बजारमा उत्साह देखिएन, नेप्से ६ अंकले ओरालो
रुखबाट खसेर मृत्यु
सर्वोच्चमा चार जना नयाँ न्यायाधीश, प्रधान न्यायाधीश शर्माले गराए शपथ
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको जित, अपराजित यात्रासहित प्लेअफमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.