
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आइतबार दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा चार टोलीबीच प्रतिस्पर्धा हुन लागेको हो ।
आजको पहिलो खेलमा दिउँसो १२:३० बजे चितवन राइनोज र कर्णाली याक्स आमनेसामने हुनेछन् । चितवन राइनोज अंकतालिकाको चौथो स्थानमा रहँदै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ। यता कर्णाली याक्स भने सातौं स्थानमा रहेको छ ।
त्यस्तै, आजै दिउँसो ४:३० बजे हुने दोस्रो खेलमा काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्स भिड्नेछन् । काठमाडौं गोर्खाज अंकतालिकाको तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगिसकेको छ भने पोखरा एभेन्जर्स अंकतालिकाको अन्तिम स्थानमा रहेको छ ।
आजका दुवै खेलले अंकतालिकाको समीकरण र टोलीहरूको आगामी यात्रालाई थप रोचक बनाउने अपेक्षा गरिएको छ ।

























