स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला

Share this
659shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर १, मंगलबार ०६:११

काठमाडौं । नेकपा (एमाले)ले पार्टीको वैचारिक र संगठनात्मक एकता बलियो बनाउँदै आगामी स्थानीय तह निर्वाचनको तयारीलाई व्यवस्थित बनाउन मंसिर २ र ३ गते (बुधबार र बिहीबार) राष्ट्रिय भेला आयोजना गर्ने भएको छ । भेलामा केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटी र निर्वाचित जनप्रतिनिधिसम्मका ३ हजार ४१४ जना सहभागी हुनेछन् ।

एमाले केन्द्रीय प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार मंसिर २ गते बिहान ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले भेलाको उद्घाटन गर्नेछन् । पार्टीका वरिष्ठ नेता विद्यादेवी भण्डारीले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभारबारे विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।

पछिल्लो राजनीतिक घटनाक्रम, जेनजी आन्दोलनका क्रममा भएका आगजनी तथा तोडफोड, फागुनमा सम्पन्न निर्वाचनको परिणाम र त्यसपछि बनेको सरकारका कामकारबाहीलाई एमालेले भेलाको प्रमुख छलफलको विषय बनाउने भएको छ। एमालेले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्रका आधारभूत मूल्य, विधिको शासन र नागरिक अधिकारमाथि प्रश्न उठेको दाबी गरेको छ । सरकारका गतिविधिले जनतामा निराशा र आक्रोश बढाएको तथा मुलुकमा राजनीतिक दिशाहीनता र भविष्यप्रतिको अनिश्चितता गहिरिएको उसको निष्कर्ष छ ।

यही राजनीतिक परिस्थितिको समीक्षा गर्दै पार्टीको आगामी रणनीति तय गर्ने उद्देश्यले भेला गर्न लागिएको आचार्यले बताएका छन् । भेलामार्फत पार्टीका विभिन्न तहमा राजनीतिक बुझाइ र निर्णय प्रक्रियामा एकरूपता कायम गर्ने तथा आगामी स्थानीय निर्वाचनको पूर्वतयारी अघि बढाउने एमालेको योजना छ ।

भेलामा केन्द्रीय सदस्य तथा केन्द्रीय निकायका प्रतिनिधि, प्रदेश र जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष, संघीय सांसद, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका पदाधिकारी, पालिकाका प्रमुख–उपप्रमुख र जनसंगठनका प्रतिनिधि सहभागी हुनेछन् । एमालेका अनुसार पार्टीको इतिहासमा पहिलोपटक पालिका तहदेखि केन्द्रीय नेतृत्वसम्म तथा संसदीय फाँटदेखि स्थानीय तहका निर्वाचित जनप्रतिनिधिसम्मलाई एउटै राष्ट्रिय भेलामा सहभागी गराउन लागिएको हो ।

भेलाको प्रशिक्षण तथा प्रस्तुति सत्रमा पार्टीका शीर्ष नेताहरूले फरक–फरक विषयमा धारणा राख्नेछन् । उपाध्यक्ष रामबहादुर थापाले संसदीय संघर्षसम्बन्धी अभिभाराबारे, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले नेतृत्वको सरकारले गरेका कामको समीक्षाबारे र महासचिव शंकर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा स्थानीय निर्वाचनको कार्ययोजनाबारे प्रस्तुति दिने कार्यक्रम छ ।

दुई दिनसम्म चल्ने भेलाले पार्टीभित्रको वैचारिक तथा संगठनात्मक एकता सुदृढ गर्नुका साथै पछिल्लो राजनीतिक परिस्थितिको सामना गर्ने रणनीति र निर्वाचन केन्द्रित गतिविधिलाई गति दिने एमालेको अपेक्षा छ ।

तपाइको प्रतिक्रिया
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.