कांग्रेसको ‘हामी तयार छौँ’ अभियान सुरु हुँदै

Share this
761shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर १, मंगलबार १०:२३

पोखरा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मंगलबारदेखि पार्टीले ‘हामी तयार छौँ’ अभियान सुरु गर्न लागेको बताएका छन् । पार्टीको आत्मसमीक्षा, विचार र दस्तावेजलाई स्पष्ट बनाउँदै सशक्त प्रतिपक्षी भूमिका निर्वाह गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको उनले बताए ।

पोखरामा आयोजित कार्यक्रममा बोल्दै पौडेलले पार्टीका कमीकमजोरी सुधार गरी सकारात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न अभियान केन्द्रित हुने बताए ।

हल्ला र कानेखुसीले पार्टीलाई कमजोर बनाउने भन्दै उनले नेता तथा कार्यकर्तालाई त्यसबाट टाढा रहन आग्रह गरे । पार्टीलाई बलियो बनाउन आपसी सहकार्य र समन्वय आवश्यक रहेको उनको भनाइ थियो ।

कार्यविभाजन नपाएका नेताहरूलाई जिम्मेवारी दिने विषयमा पार्टीले फराकिलो दायरा बनाउने पनि महामन्त्री पौडेलले बताए । मंसिर महिनाभित्र जिल्ला तथा प्रदेश अधिवेशन र स्थानीय तहको निर्वाचनको तयारीलाई तीव्र बनाउने योजना रहेको उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.