कार्कीको रिटमा सर्वोच्चमा सुनुवाइ सकियो

Share this
681shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर २, बुधबार १४:२४

काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सरकारको निर्णयविरुद्ध दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइको बहस सकिएको छ। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा भएको सुनुवाइपछि अब अदालतको आदेश आउन बाँकी रहेको छ।

सरकारले गत कात्तिक १८ गते कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो। सोही दिन प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षकमा बढुवा गरिएको थियो।

सरकारको उक्त निर्णय गैरकानुनी रहेको र त्यसबाट आफू अन्यायमा परेको जिकिर गर्दै कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। उनले मन्त्रिपरिषद्को निर्णय बदर गर्न माग गरेका छन्।

रिटमाथि प्रारम्भिक सुनुवाइको बहस सम्पन्न भएसँगै अब सर्वोच्च अदालतले गर्ने आदेशलाई चासोका साथ हेरिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.