झापामा मोटरसाइकल र धान काट्ने मेसिन ठोक्किँदा दुई जनाको मृत्यु

Share this
785shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ३, बिहीबार ०६:४३
झापामा मोटरसाइकल र धान काट्ने मेसिन ठोक्किँदा दुई जनाको मृत्यु

झापा । झापाको बाह्रदशी गाउँपालिका–५ खटखटी टोलमा मोटरसाइकल र धान काट्ने मेसिन एकापसमा ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार दुवै जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार राति १०ः४० बजेतिर राजगढबाट चारपानेतर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ४६३८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मधेस प्रदेश ०३–००२ त १०४० नम्बरको धान काट्ने मेसिन गाडी एकापसमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकलमा सवार अन्दाजी ३० देखि ३५ वर्ष उमेरका दुई पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक दुवैको नामथर र ठेगाना तत्काल खुल्न सकेको छैन। स्थानीयका अनुसार उनीहरू बाह्रदशी गाउँपालिका–५ चकचकीका बासिन्दा हुन सक्ने अनुमान गरिएको छ।

दुर्घटनापछि धान काट्ने मेसिन गाडी छाडेर चालक फरार भएका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

बुधबार राति १२ः४५ बजेतिर कानुनी प्रक्रिया पूरा गरी दुवै शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ। दुर्घटनामा संलग्न दुवै सवारीसाधन इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
मलेसिया प्रकरणमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ
सुनवर्षीका दुई अशक्त व्यक्तिलाई रोटरी क्लबद्वारा ह्विलचियर प्रदान
झापामा मोटरसाइकल र धान काट्ने मेसिन ठोक्किँदा दुई जनाको मृत्यु
झापामा मोटरसाइकल र धान काट्ने मेसिन ठोक्किँदा दुई जनाको मृत्यु
विदेशी मुद्राको विनिमय दर सार्वजनिक
विदेशी मुद्राको विनिमय दर सार्वजनिक
पश्चिमी वायु र ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव, कोशीसहितका प्रदेशमा बदली 
कमिल मिशाराको शतकमा चितवन दोस्रो क्वालिफायरमा
अपांगता समावेशी विकासमा सरकारी प्रयास पर्याप्त भएनन्, कार्यान्वयनमै चुनौती
बेलबारीमा बाँसघारीभित्र जुवाखाल, प्रहरीले हान्यो छापा
निर्माण व्यवसायी महासंघ कोशीको अध्यक्षमा केशरकुमार बुढाथोकीको उम्मेदवारी, यस्तो छ प्यानल
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बेनविरुद्ध प्रहरीमा जाहेरी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.