सुनवर्षीका दुई अशक्त व्यक्तिलाई रोटरी क्लबद्वारा ह्विलचियर प्रदान

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ३, बिहीबार ०७:०३

विराटनगर । लामो समयदेखि हिँडडुल गर्न नसक्दा दैनिक जीवनयापनमा कठिनाइ भोग्दै आएका मोरङको सुनवर्षी नगरपालिका–५ का दुई जनालाई रोटरी क्लब अफ विराटनगर मिडटाउनले ह्विलचियर प्रदान गरेको छ।

क्लबको आयोजनामा तथा सुनवर्षी नगरपालिका–५ का वडाध्यक्ष युगेश्वरप्रसाद ठाकुर र समाजसेवी कमलेश्वर ठाकुरको विशेष पहलमा ६४ वर्षीया विमलादेवी ऋषिदेव र ६५ वर्षीय भिखन ऋषिदेवलाई ह्विलचियर वितरण गरिएको हो।

लामो समयदेखि शारीरिक अशक्तताका कारण आवतजावत गर्नसमेत अरूको सहारा लिनुपर्ने अवस्थामा रहेका दुवै जनाले ह्विलचियर पाएपछि दैनिक जीवन सहज हुने अपेक्षा गरेका छन्। यसबाट उनीहरूलाई आवतजावतमा सहजताका साथै परिवारका सदस्यलाई समेत केही राहत पुग्ने विश्वास गरिएको छ।

ह्विलचियर वितरण कार्यक्रममा रोटरी क्लब अफ विराटनगर मिडटाउनका अध्यक्ष विनोदकुमार बोहरा, पूर्वअध्यक्षद्वय रामअवतार अग्रवाल र सुशीलप्रसाद रिजाल, सहसचिव राकेश दाहाल, रानु गोयल, विनोदकुमार शर्मा र अमन साहलगायतको उपस्थिति थियो।

कार्यक्रममा सहभागीहरूले यस्ता मानवीय सेवाका कार्यले शारीरिक अशक्तता भएका व्यक्तिको जीवन सहज बनाउनुका साथै समाजमा सहयोग, सद्भाव र मानवीय संवेदना अभिवृद्धि गर्ने बताए।

क्लबका अध्यक्ष बोहराले सामाजिक उत्तरदायित्वअन्तर्गत आवश्यकतामा रहेका व्यक्तिलाई सहयोग गर्ने उद्देश्यले ह्विलचियर वितरण गरिएको बताए। उनले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा सहयोगमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

तपाइको प्रतिक्रिया
मलेसिया प्रकरणमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ
सुनवर्षीका दुई अशक्त व्यक्तिलाई रोटरी क्लबद्वारा ह्विलचियर प्रदान
झापामा मोटरसाइकल र धान काट्ने मेसिन ठोक्किँदा दुई जनाको मृत्यु
झापामा मोटरसाइकल र धान काट्ने मेसिन ठोक्किँदा दुई जनाको मृत्यु
विदेशी मुद्राको विनिमय दर सार्वजनिक
विदेशी मुद्राको विनिमय दर सार्वजनिक
पश्चिमी वायु र ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव, कोशीसहितका प्रदेशमा बदली 
कमिल मिशाराको शतकमा चितवन दोस्रो क्वालिफायरमा
अपांगता समावेशी विकासमा सरकारी प्रयास पर्याप्त भएनन्, कार्यान्वयनमै चुनौती
बेलबारीमा बाँसघारीभित्र जुवाखाल, प्रहरीले हान्यो छापा
निर्माण व्यवसायी महासंघ कोशीको अध्यक्षमा केशरकुमार बुढाथोकीको उम्मेदवारी, यस्तो छ प्यानल
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बेनविरुद्ध प्रहरीमा जाहेरी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.