सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँ बढ्यो

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ७, सोमबार ११:०२
सुनको मूल्यमा भारी वृद्धि 

काठमाडौं । नेपाली बजारमा विगत केही सातादेखि लगातार घटिरहेको सुनको मूल्य सोमबार बढेको छ। आज सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ४ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि आज तोलामा ४५ रुपैयाँले बढेको छ । महासंघले आजका लागि चाँदीको मूल्य प्रतितोला ३ हजार ११० रुपैयाँ तोकेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.