आपत्कालीन सूचना दिन सरकारले परीक्षण गर्दै सेल ब्रोडकास्ट प्रणाली

Share this
772shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ७, सोमबार १६:३७

काठमाडौं । विपद् तथा आपत्कालीन अवस्थामा नागरिकलाई तत्काल सतर्क गराउन सरकारले मोबाइलमार्फत सूचना प्रवाह गर्ने सेल ब्रोडकास्ट प्रणालीको परीक्षण गर्ने भएको छ।

परीक्षणका क्रममा काठमाडौंमा २ जी नेटवर्क प्रयोग गर्ने मोबाइल प्रयोगकर्ताले आपत्कालीन सतर्कता सन्देश प्राप्त गर्न सक्ने जनाइएको छ। मोबाइलमा ‘यो परीक्षण सन्देश हो’ भन्ने सूचना आएमा नआत्तिन र कुनै प्रतिक्रिया दिन आवश्यक नरहेको सरकारले स्पष्ट पारेको छ।

परीक्षणका क्रममा मोबाइलमा सामान्य सन्देशभन्दा फरक किसिमको चेतावनी ध्वनिसहित सूचना प्राप्त हुन सक्नेछ। यस्तो प्रणाली विपद्, प्राकृतिक प्रकोप तथा अन्य आपत्कालीन अवस्था सिर्जना हुँदा नागरिकलाई तत्काल जानकारी गराई सम्भावित जोखिमबाट सुरक्षित राख्ने उद्देश्यले सञ्चालन गर्न लागिएको हो।

सरकारले परीक्षणका क्रममा मोबाइलमा प्राप्त हुने सन्देशलाई वास्तविक आपत्कालीन सूचना नसम्झन आग्रह गरेको छ। प्रणालीको परीक्षण सफल भएपछि आपत्कालीन अवस्थामा नागरिकसम्म छिटो र प्रभावकारी रूपमा सूचना पुर्‍याउन यसले सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तपाइको प्रतिक्रिया
‘भारत-नेपाल सम्बन्ध नयाँ उचाइमा’ (पूर्णपाठसहित)
आपत्कालीन सूचना दिन सरकारले परीक्षण गर्दै सेल ब्रोडकास्ट प्रणाली
‘नेपाल-भारत सम्बन्ध हिमालय जत्तिकै अटल र महासागर जत्तिकै विशाल’ (पूर्णपाठसहित)
सेवाग्राहीविहीन यातायात कार्यालयमाथि प्रदेशसभाको नजर, प्रभावकारिता अध्ययन गरिने
नेपाल-भारत सम्बन्धको नयाँ परीक्षा
नेपाल–भारत सम्बन्धलाई विकास साझेदारीमा रूपान्तरण गर्नुपर्छः प्रधानमन्त्री
बालेन र मोदीद्वारा पाँच परियोजनाको उद्घाटन र शिलान्यास
दिल्ली भ्रमणले देखाएको सहकार्यको नयाँ बाटो
बालेन र मोदीद्वारा तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास
नेपाललाई २ खर्ब ४० अर्ब भारु सहयोग गर्ने मोदीको घोषणा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.