विराटनगरबाट सहिद रंगशालाको व्यवस्थापन खोसियो

Share this
694shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भाद्र १, शनिबार १७:१२

विराटनगर । राष्ट्रिय खेलकुद परिषद्ले विराटनगरस्थित सहिद रंगशालाको व्यवस्थापकबाट विराटनगर महानगरपालिकालाई हटाइएको छ । सहिद रंगशालाको सञ्चालन तथा व्यवस्थापनका लागि गरिएको ५ वर्षे सम्झौता भंग गर्दैै व्यवस्थापनबाट महानगरलाई हटाएको हो ।

५ वर्षका लागि महानगरपालिकासँग गरिएको सम्झौता ३ वर्षमै भंग गरिएको राष्ट्रिय खेलकुद परिषद्को कार्यालय काठमाडौंले जनाएको छ । परिषद्ले सम्झौता बमोजिम महानगरले सहिद रंगशालामा रहेका भवन भाडा वापतका बाँकी बक्यौता रकम बुझाउन आलटाल गर्दै एकलौटी ढंगबाट आर्जन गरेको, परिषद्को स्वीकृत विना पूर्वाधार निर्माण गरेको, कभर्ड हलसमेत मर्मत सम्भार नगरेको आरोप लगाउँदै सम्झौता भंग गर्नुपरेको जनाएको छ ।

२०७७ चैत २६ गते परिषद् र महानगरपालिकाबीच भएको सम्झौतामा महानगरले रंगशालाको स्वामित्वमा रहेको सटर भाडा, सार्वजनिक शौचालयबाट संकलन हुने रकमको ५० प्रतिशत र खेल आयोजना हुँदा टिकट बिक्रीबाट हुने आम्दानीको २५ प्रतिशत हुने आम्दानी परिषद्लाई बुझाएको छैन । रंगशालाबाट महानगरले वार्षिक १०÷१२ लाख रुपैयाँ आम्दानी गर्दासमेत सम्झौता बमोजिमको रकम नदिएको परिषद्ले जनाएको छ ।

जिल्ला खेलकुद विकास समिति मोरङका कार्यालय प्रमुख राजन पोखरेलका अनुसार रंगशालामा रहेको सटर भाडाबाट महानगरले ५ देखि ६ लाख रुपैयाँ र शौचालयबाट ६ लाख रुपैयाँ वार्षिक आम्दानी गर्दै आएको छ । सम्झौताविपरीत महानगरले गत वर्ष चैतमा रंगशालाको उत्तरतर्फ सार्वजनिक सवारी पार्किङ क्षेत्र बनाएको छ । रंगशालाको कम्पाउण्डभित्र पार्किङ क्षेत्र बनाउँदा खेलकुदका गतिविधिमा समस्या आउने गरेको पोखरेलले बताए ।

महानगरकी युवा तथा खेलकुद महाशाखा प्रमुख तारा शर्माले महानगर र परिषद्बीच भएको सम्झौता भंग भएको बताइन् । परिषद्ले भने जस्तो रंगशालाबाट आम्दानी नगरेको बताउँदै, शर्माले भनिन्, ‘रंगशालामा टिकट काटेर हेर्ने भनेको विराट गोल्डकप मात्रै हो । त्यसबाहेक अन्य कुनै पनि प्रतियोगिता हुँदा टिकट नभई निःशुल्क प्रवेश हुने गरेको छ । विराट गोल्डकपलाई निःशुल्क रुपमा मैदान उपलब्ध गराइएको हो । सटरबाट सामान्य राजश्व मात्र संकलन हुँदै हुने गरेको छ ।’

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×