रास्वपा केन्द्रीय समिति बैठक : यस्ता छन् छलफलका दश एजेण्डा

Share this
789shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ ५, बुधबार ०७:४४

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी कार्यालय वनस्थलीमा सुरु हुने केन्द्रीय समिति बैठकका लागि १० वटा एजेण्डा छन् ।

एजेण्डामा केन्द्रीय अनुशासन आयोगको सिफारिस सहितको प्रतिवेदन बारे छलफल हुनेछ । रास्वपा स्रोतका अनुसार प्रतिवेदन पूर्वमहामन्त्री डा‍. मुकुल ढकालको कार्यशैलीका विषयमा छ । आजको बैठकले प्रतिवेदनका आधारमा उनलाई साधारण सदस्यसमेत नरहने गरी निष्काशनको तयारी रहेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

पार्टी हित विपरीतको गतिविधि गरेको भन्दै उनलाई महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाएकाे थियाे । त्यसपछि निरन्तर उनले सभापति रवि लामिछानेका विरुद्ध अभिव्यक्ति दिँदै आएका छन् । उनीसँग पार्टीले दुई पटक स्पष्टीकरणसमेत सोधिसकेको छ ।

यस्ता छन् बैठकका एजेण्डा –

१, समसामयिक राजनीति र पार्टी गतिविधि ।

२, राष्ट्रिय भेला ।

३, कर्णाली विशेष अभियान र सबै प्रदेशमा सभापति समेतको कार्यक्रम ।

४, संगठन निर्माण सम्बन्धी कार्यविधि संशोधन ।

५, केन्द्र तथा सातै प्रदेशको बन्द कार्यशालाको प्रतिवेदन र उपलब्धि बारे छलफल ।

६, स्थानीय तह उपनिर्वाचन बारे ।

७, संविधान दिवसको कार्यक्रम बारे ।

८, भ्रष्टाचारको मुद्दाको हदम्याद, वर्तमान सरकारबाट भएको शिक्षामा राजनीतिकरणको निरन्तरताको प्रयास र भ्रष्ट एवं स्वार्थ बाझिनेलाई मन्त्री नियुक्ति गरिएको बारे छलफल।

९, केन्द्रीय अनुशासन आयोगको सिफारिस सहितको प्रतिवेदन बारे ।

१०, विविध

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.