
काठमाडौं । रामेछापमा मध्यरातमा पहिरोले तीन घर बगाउँदा दुई जनाको मृत्यु भएको छ । केही बेपत्ता छन् । शैलुङ्ग गाउँपालिका – ३ लेखर्क पहरीगाउँमा आएको पहिरोले ३ वटा घर बगाउँदा २ जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्सपेक्टर कौशल न्यौपानेका अनुसार दुई जनाको मृत्यु भएको जानकारी आएपनि थप विवरण आउन बाँकी छ ।
उनका अनुसार आज बिहान ३ः३५ बजे पहिरोले गाउँमा क्षति पुर्याएको सूचना जिल्ला प्रहरी कार्यालयमा प्राप्त भएको थियो ।























