
काठमाडौं । साधारण सदस्यसमेत नरहने गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संस्थापक महामन्त्री मुकुल ढकाललाई हटाएको छ ।
पार्टीको केन्द्रीय समितिको मंगलबार बिहान बसेको बैठकले ढकाललाई साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको हो।
पार्टीको साधारण सदस्यबाट किन नहटाउने भन्दै पार्टीले दुई पटक स्पष्टीकरण सोधेको थियो।
पार्टीबाट हटाइएका ढकालले पनि सभापति रवि लामिछानेमाथि विभिन्न आरोप लगाउँदै स्पष्टीकरण पत्र बुझाएको र आज बसेको बैठकले साधारण सदस्यबाट हटाएको निर्णय गरेको हाे ।























