कोशी प्रदेश : सरकारलाई दिएको समर्थन फिर्ता लिँदै माओवादी

Share this
682shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ १४, शुक्रबार ११:०४

विराटनगर । नेकपा (माओवादी केन्द्र)ले कोशी प्रदेश सरकारलाई दिएको समर्थन आज (शुक्रबार) फिर्ता लिने भएको छ ।

सरकारबाट बाहिरिएको १ महिनापछि माओवादीले समर्थन पनि फिर्ता लिने भएको हो । कोशीमा नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार छ ।

केन्द्रमा नेपाली कांग्रेस र एमालेबीच गठबन्धन बनेपछि कार्की नेतृत्वको सरकारबाट माओवादी साउन ११ बाहिरिएको थियो । तर, सरकारलाई दिएको समर्थन यथावत राखेको थियो । आज दिउँसो १ बजे प्रदेशसभा बैठक बस्दै छ ।

बैठकअघि सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी रहेको माओवादी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए । उनका अनुसार यसअघि सरकारबाट पार्टी बाहिरिएको भए पनि सरकारलाई दिएको समर्थन भने कायमै राखिएको थियो ।

माओवादी संसदीय दलको बैठक आज बस्दैछ । ‘दलको बैठकपछि सरकारको समर्थन फिर्ता लिन्छौं,’ आङ्बोले भने, ‘समर्थन फिर्ता लिएर माओवादी प्रतिपक्षमा बस्छ ।’

यता कांग्रेस भने प्रदेश सरकारमा सहभागी भएको छैन । आन्तरिक किचलोमा फसेको कांग्रेसले मन्त्रीको नाम टुंगो लगाउन नसक्दा सरकार विस्तार अनिश्चित बनेको छ । सरकारमा नगए पनि कांग्रेसले आजको प्रदेशसभा बैठकमा भने सत्तापक्षको बेन्चमा बस्ने तयारी गरेको छ ।

एमाले नेता कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री बनाउन माओवादीले सहयोग गरेको थियो । माओवादीको समर्थनमा गत वैशाख २७ गते कार्की मुख्यमन्त्री बनेका हुन् ।

तर, केन्द्रमा गठबन्धन फेरबदल भएसँगै माओवादीको सत्ता सहयात्रा टुंगियो । कांग्रेस र एमालेबीच नयाँ समीकरण बनेपछि माओवादी प्रतिपक्षमा पुगेको छ ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.