कोशी प्रदेश : ७ संसदीय समितिले शुक्रबार पाउँदैछ सभापति

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ २४, सोमबार १८:५६

विराटनगर । कोशी प्रदेशमा भदौ २८ गते संसदीय समितिको सभापति चयन गरिने भएको छ । प्रदेशसभा निर्वाचन सम्पन्न भएको २१ महिनापछि सभापति चयन गर्ने सभामुख अम्बरबहादुर विष्टले जानकारी दिए ।

२०७९ मंसिर ४ गतेको निर्वाचनपछि प्रदेशसभाको पहिलो बैठक २०७९ पुस १७ गते बसेको थियो । २०८० कात्तिक २० गते संसदीय समिति सदस्य छानिएका थिए । सभापति भने बाँकी थियो । भदौ २८ गते प्रदेशका संसदीय समितिको सभापति छनोट गर्ने तयारी भएको सभामुख विष्टले बताए ।

प्रदेशसभा सचिवालयले सोही अनुसार तयारी गरेको छ । २८ गते सभापति छानेर सोही दिन शपथ ग्रहण गराउने सहमति छ ।

कोशी प्रदेशसभामा न्याय प्रशासन तथा विधायन समिति, सुशासन तथा योजना समिति, अर्थ समिति, सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति, उद्योग पर्यटन तथा वातावरण समिति र प्राकृतिक स्रोत तथा पूर्वाधार समिति छन् ।

सात मध्ये एमालेले ३, कांग्रेसले २ वटा लिने र माओवादी केन्द्र र राप्रपालाई १–१ वटा समिति दिने मुख्यमन्त्रीको तयारी छ । यद्धपी नेपाली कांग्रेसले पनि तीन वटै समिति दाबी गरेका कारण सहमति भइसकेको छैन । माओवादी केन्द्रले २ सभापति दाबी गरेको छ ।

‘एमालेले ३, कांग्रेसले २ न्यूनतम र माओवादीले १ र अरुलाई पनि( राप्रपा) एक दिने कि भन्ने छ,’ एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने,‘हामी निष्कर्षमा पुगिसकेका छैनौं, भोलि टुङ्गोमा पुग्छौं ।’

प्रदेशका सात मध्ये प्रमुख प्रतिपक्षी माओवादीले सार्वजनिक लेखा समिति पाउने लगभग निश्चित छ । मुख्यमन्त्री राप्रपालाई एउटा दिने पक्षमा छन् । ‘भोलिको परिस्थीति के हुन्छ राप्रपालाई पनि चिढ्याउन हुन्न भन्ने हो,’ मुख्यमन्त्री निकट स्रोतले भन्यो,‘ सहमतिमै समिति सभापति छान्ने कुरा छ, निर्णयमा पुगिसकेको छैन ।’

राप्रपा संसदीय दलका नेता भक्ति सिटौलाले एउटा समितिमा आफ्नो दलको दाबी रहेको बताए । ‘हामीले एउटा समिति नेतृत्व पाउनुपर्छ भनेर सबैसँग आग्रह गरेका छौं,’ उनले भने, ‘ सबै नेता पोजिटिभ हुनुहुन्छ ।’

९३ सदस्यीय प्रदेश सभामा एमालेका ४० (उपसभामुखसहित), कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६ (सभामुखसहित), एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन् ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.