सिके राउतले किन मागे पत्नीसँग सम्बन्ध विच्छेद

Share this
657shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ २७, बिहीबार १५:३३

काठमाडौं । पत्नीसँग सम्बन्ध विच्छेद गरी पाऊँ भनी जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सिके)ले जिल्ला अदालत पाटनमा मुद्दा दायर गरेका छन् ।

भदौ १२ गते राउतले पत्नी सोनी सिन्धु रानीसँग पाटन अदालतमा सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गरेको अदालत प्रशासनले जनाएको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोलमा बसिरहेका राउतले आफूहरूको सम्बन्ध राम्रो नभएका कारण सम्बन्ध विच्छेद गरिपाऊँ भन्दै मुद्दा दायर गरेका हुन् ।

निवेदनमा राउतले २ छोरी र १ छोरा आफूसँगै राख्न माग गरेका छन् । उनकी पत्नी रानी भारतीय नागरिक रहेको बुझिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.