नेपाल प्रहरीमा नयाँ इन्स्पेक्टर र असइ भर्ना गरिँदै

Share this
780shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ २८, शुक्रबार १४:५६

विराटनगर । नेपाल प्रहरीमा नयाँ इन्सपेक्टर (प्रहरी निरीक्षक) र असइ (प्रहरी सहायक निरीक्षक) भर्ना गरिँदै छ । नयाँ ६४ जना इन्सपेक्टर र २ सय ३६ जना असइ भर्नाको तयारी गरिएको हो ।

प्रहरी इन्सपेक्टर र असइ भर्नाका लागि १ महिनाको समयावधि दिएर आवेदन आह्वान गरिएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना प्रकाशन गर्दै प्रहरी अधिकृत र जुनियर प्रहरी अधिकृत भर्नाका लागि आवेदन माग गरेको छ ।

योग्य उम्मेदवारका लागि फारम भर्ने म्याद भदौ ३० गतेदेखि असोज ३० गतेसम्म तोकिएको छ । इन्सपेक्टरका लागि स्नातक तह उत्तीर्ण गरेको र २० वर्ष उमेर पुगेर २५ वर्ष ननाघेको हुनुपर्ने छ । असइका लागि प्रमाणपत्र तह उत्तीर्ण गरेको र १८ वर्ष पूरा भइ २४ वर्ष ननाघेको हुनुपर्ने छ ।

विस्तृत जानकारीका लागि हेरौं सूचना

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.