
विराटनगर । मोरङको रंगेली नगरपालिकाले कर वृद्धि गरेको विरोधमा आन्दोलनरत पक्षले रंगेलीमा बन्द गराएको बजार र यातायात खुलेको छ ।
कर वृद्धिको विरोधमा सत्तारुढ नेपाली कांग्रेसले आन्दोलन गरिरहेको छ । आन्दोलनरत पक्षले आज (शुक्रबार) बिहान नगरपालिका प्रवेशमा रोक लगाउँदै कर्मचारीमाथि दुर्व्यवहार गर्नेदेखि बजार र यातायात बन्दसमेत गराएको थियो ।
आन्दोलनकारीहरु पछि हटेसँगै केही समयपछि बजार र यातायात खुलेको थियो । कर्मचारीहरु नियमित काममा फर्किएका थिए । बिहान ९ बजेदेखि नै नगरपालिकाको गेटमा बसेका आन्दोलनकारीले कर्मचारीलाई कार्यालय प्रवेशमा अवरोध गरेका थिए ।























