माओवादीलाई कोशीका मुख्यमन्त्रीले भने, ‘अप्ठेरो मान्नु पर्दैन, विश्वासको मत दिए हुन्छ’

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज २, बुधबार १६:२३

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत दिन प्रतिपक्षी दलहरुलाई आग्रह गरेका छन् ।

विश्वासको मतमागेपछि दलहरुले उठाएको प्रश्नमा जवाफ दिने क्रममा मुख्यमन्त्री कार्कीले विश्वासको मत दिन आग्रह गरेका हुन् । नेकपा (माओवादी केन्द्र)ले २ पटक विश्वासको मत दिएर मुख्यमन्त्री बनाएको बताउँदै उनले पुनः विश्वासको मत दिन आग्रह गरे ।

‘माओवादी केन्द्रले २ पटक समर्थन गरेर मुख्यमन्त्री बनायो । मैले त धन्यवाद पनि दिएको छु,’ उनले भने, ‘फेरि तेस्रो पल्ट बनेको छु । १ पटक फेरि विश्वासको मत दिँदा फरक पर्दैन । आन्तरिक सम्बन्ध राम्रो थियो । काहीँ पनि घुनपुत्ली लागेको थिएन । कुनै अप्ठेरो मान्न पर्दैन । विश्वासको मत दिए हुन्छ ।’

उनले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई तटस्थ नबनी पक्षमा मत हाल्न आग्रह गरे । ‘वेट एण्ड सी गर्ने हुँदा पक्षमा दिएर जाँदा हुन्छ,’ उनले भने, ‘काहीँ ‘टेक्निकल’ कमजोरी भयो होला हामी दूधले नुहाएको कोही पनि छैनौं होला ।’

उनले उच्चस्तरको सहमति गरेर अघि बढ्न आग्रह गरे । राप्रपासँग १ वर्ष सहकार्य गरेको बताउँदै विश्वासको मत दिन आग्रह गरे । संघीयताका ३ तहमध्ये प्रदेश तह अब्बल रहेको कार्कीको दाबी छ ।

 

तपाइको प्रतिक्रिया
कांग्रेसको ‘हामी तयार छौँ’ अभियान सुरु हुँदै
विवादमा तानिएका न्यायाधीश फुयाल नियमित काममा फर्किंदै
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस: साहस र अधिकार सम्झाउने दिन
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.