प्रदेश सरकार सुरुङ यात्रामा छ : मुख्यमन्त्री कार्की (सम्बोधनको पूर्णपाठसहित)

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज ३, बिहीबार १५:०३

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार सुरुङ यात्रामा हिँड्दाजस्तो अवस्थामा रहेको बताएका छन् ।

संविधान दिवसका अवसरमा प्रदेश सरकारले विराटनगरमा बिहीबार आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै उनले प्रदेश सरकार अप्ठेरो परिस्थितिबाट गुज्रिनु परिरहेको संकेत गरेका हुन् । ‘दायाँ कुम चलाउँदा संघीय सरकार ठोक्किने । बायाँ चलायो स्थानीय सरकार ठोक्किने । अलिकति उफ्रिएमा माथिको पर्खालमा ठोक्किने । यस्तो परिस्थितिबाट प्रदेशलाई बलियो बनाउँदै आफ्ना अधिकारहरु खोज्दै जनतामा आशाको सञ्चार जागृत गराउने कार्यमा दत्तचित्त भएर लागिरहेका छौं,’ कार्कीले भने ।

पछिल्लोपटक आफ्नो नेतृत्वमा सरकार बनेपछि प्रदेशमा सुशासन र विकासका ढोकाहरु खोलिएको दाबी उनले गरेका छन् । नर्माण सम्पन्न भएका परियोजनाहरुको उद्घाटन, गुणस्तरीय सडकहरुको सञ्चालन र सेवाप्रवाहमा चुस्तताले थोरै मात्रामा भए पनि राहत प्रदान गर्ने कोसिस भएको जिकिर उनको छ । देशका दुई ठूला राजनीतिक शक्तिहरुबीचको सहकार्य (कांग्रेस र एमालेको सहकार्य)बाट पनि नागरिकहरुमा उत्साह छाएको कार्की बताउँछन् ।

उनी भन्छन्, ‘संविधानको मर्म र भावनाविपरीत राज्य सञ्चालनमा प्रकट भएका तमाम विचलनहरुलाई रोकी संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न विद्यमान आर्थिक शिथिलता, दण्डहिनता एवं व्याप्त निराशालाई चिर्दै प्रदेशबासी जनतामा प्रदेश संरचनाप्रति आशा र भरोसा पैदा गर्न, विशेषतः युवाहरुमा प्रकट नैराश्यता, आक्रोस र नकारात्मक सोचमा परिवर्तन गर्नु पर्ने आवश्यकता महसुस भएको छ ।’

सबै संघर्ष र आन्दोलनले ल्याएको दुरगामी महत्वका उपलब्धिको रक्षा, विकास र प्रवर्धन गर्न, राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता तथा भौगोलिक अखण्डता र नेपाल राष्ट्र« तथा कोशी प्रदेशबासीको सर्वोपरी हितलाई केन्द्रमा राखी सुदृढ र सन्तुलित विकास गर्नु आजको आवश्यकता भएको कार्कीले बताए ।

वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, लैंगिक तथा जातीय विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक र समतामूलक समाजको निर्माण गर्ने संकल्प संविधानले लिएको उनले उल्लेख गरेका छन् । मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले संविधानको मर्मलाई बोकेर काम गरिरहेको जानकारी दिए ।

मुलुकलाई सामाजिक न्यायसहित आर्थिक समृद्धितर्फ अघि बढाउने दायित्व रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले त्यसै अनुरुप प्रदेश सरकार अघि बढेको स्पष्ट पारे । संघीयता कार्यान्वयनको महत्वपूर्ण अंग भनेकै प्रदेश तह भएपनि माथिल्लो तह संघ र तल्लो स्थानीय तहसँगको अधिकार बाँडफाँट हुन नसक्दा समस्या भोग्दै आउनु परेको उनले उल्लेख गरेका छन् ।

मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धितर्फ अघि बढाउने मुख्य दायित्व प्रदेशकै भएको उनको भनाइ छ । नेपाली जनताको लामो संघर्ष र बलिदानपछि आजकै दिन ९ वर्षअघि जननिर्वाचित संविधानसभाद्वारा नेपालको संविधान जारी भएको स्मरण कार्कीले गरेका छन् ।
जनताको राजनीतिक अधिकार प्राप्तिका लागि गरिने संघर्षको चरण सम्पन्न भएपछि अब मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वको दिशातर्फ अघि बढाउनुपर्नेमा उनको जोड छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय संकल्प हासिल गर्न सबै पक्ष लाग्नुपर्ने कार्कीले बताए ।

यस्तो छ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेको सम्बोधनको पूर्णपाठ

तपाइको प्रतिक्रिया
कांग्रेसको ‘हामी तयार छौँ’ अभियान सुरु हुँदै
विवादमा तानिएका न्यायाधीश फुयाल नियमित काममा फर्किंदै
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस: साहस र अधिकार सम्झाउने दिन
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.