
विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलले आफ्ना सांसदलाई क्षमता अभिवृद्धिको तालिम दिन सुरु गरेको छ । शुक्रबारबाट सुरु भएको क्षमता अभिवृद्धि तालिम चार दिनसम्म चल्नेछ ।
तालिमको पहिलो दिन शुक्रबार सुशासन सम्बन्धी प्रशिक्षण दिइएको थियो । प्रशिक्षणमा नेकपा एमाले कोशी प्रदेशका सांसदहरू सहभागी छन् । सांसदहरूलाई प्रदेशसभामा प्रस्तुत र विषयवस्तु उठानका लागि चार दिन प्रशिक्षण दिइनेछ ।
एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार शुक्रबार सुशासनका लागि कसरी प्रस्तुत हुने भन्ने विषयमा प्रशिक्षण दिइएको थियो । चार दिन फरक फरक विषयमा विषयविज्ञले सांसदलाई प्रशिक्षण दिने उनले बताए ।

























