स्थानीय उपनिर्वाचन नजिकिँदै, दल दर्ता हुँदै

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १०, बिहीबार १२:१४

काठमाडौं । स्थानीय तहको उपनिर्वाचन निजिकिँदै गएको छ । अबको २ महिनापछि चुनाव हुन्छ । चुनाव नजिकिँदै गएसँगै बिहिबार (आज)देखि दल दर्ता सुरु भएको छ ।

निर्वाचन आयोगले उपनिर्वाचनका लागि दल दर्ता सुरु गरेको हो । आयोगमा दर्ता कायम रहेका र आगामी उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले नेपालको संविधानको धारा २१७ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम असोज १६ गतेसम्म आयोगमा दल दर्ता गराउन सक्ने छन् ।

कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन निर्वाचन आयोगले दलहरुलाई आग्रह गरेको छ । मुलुकभर स्थानीय तहका ३९ पद रिक्त छन् ।

रिक्त रहेका पदका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । रिक्त रहेका पदमध्ये जिल्ला समन्वय समिति प्रमुख २, नगरपालिका प्रमुख १, उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ३ तथा नगर र गाउँपालिकाका वडाध्यक्ष ३० रहेका छन् ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.