एमाले र माओवादीको आह्वान – ‘उद्धार, राहत र पुनःस्थापनामा जुटौं’

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १३, आइतबार १२:१४

विराटनगर । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) कोशी प्रदेशले बाढी, पहिरो र डुबानका कारण पीडित बनेकाको उद्धार, राहत एवं पुनःस्थापनामा जुट्न सबैमा आह्वान गरेका छन् ।

दुवै दलले अलगअलग विज्ञप्ति जारी गर्दै संकटको घडीमा सहयोगका लागि अपिल गरेका हुन् । एमाले कोशी प्रदेशले प्राकृतिक विपत्तिको संकटमा परेकाको राहत, उद्धार र पुनःस्थापनामा लाग्न कार्यकर्तालाई निर्देशन दिएको छ ।

पार्टीका प्रदेश अध्यक्ष घनश्याम खतिवडाले विज्ञप्ति जारी गर्दै विपद् प्रतिकार्यमा जुट्न सबै नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘नेकपा –एमाले) पार्टीसँग आबद्ध सबै तहका नेता, कार्यकर्तालाई विपत्तिमा परेकाहरूलाई उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्न र आपतकालीन सेवाहरूमा सहभागी हुन विशेष निर्देशन गर्दछौं ।’

एमालेले राहत, उद्धार र पुनःनिर्माणमा जुट्न तीनै तहका सरकार, राजनीतिक दल, संघसंस्था, निजी क्षेत्र र आमनागरिक समक्ष अपिल गरेको छ । एमालेले दसैंको मुखमा राजमार्गमा भएको क्षतिको कारण यातायात अवरुद्ध भएको हुँदा तत्काल यातायात सुचारु गराउन, घाइतेहरूको तत्काल उपचार गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘विपद्का कारण मृत्यु भएका परिवारमा राहत तथा क्षतिग्रस्त भएका घर परिवारहरूको पुनःस्थापना तत्काल गर्न संघ, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराउँदछौं ।’

त्यस्तै, माओवादी कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले विज्ञप्ति जारी गर्दै बाढी, पहिरो र डुबानका कारण जनजीवन प्रभावित भएकाले तीनै तहका सरकारलाई राहत र उद्धारमा केन्द्रीत हुन आग्रह गरेका छन् । अविरल वर्षाको कारण आममानिसको जनजीवन प्रभावित बनेको उनले उल्लेख गरेका छन् ।

कोशीमा बाढी, पहिरो र डुबानमा परेर ठूलो मानवीय क्षति भएको र लाखौं रूपैयाँ बराबरको नोक्सान भएको भन्दै मिक्सोले कैयौं मानिसहरु बाढी पहिरोको जोखिममा परी उद्धारको प्रतिक्षामा रहेको जनाएका छन् । ‘बेपत्ताको खोजी गर्न, उद्धार कार्यमा लाग्न र राहत वितरणलाई चुस्त दुरुस्त बनाउन स्थानीय, प्रदेश र संघ सरकारलाई आग्रह गर्दछौं,’ उनले विप्तिमा भनेका छन् ।

‘यस विपदको घडीमा सरकारी निकायको समन्वयमा दुःख, पीडा र समस्यामा परेका आम सर्वसाधरणको खोज, उद्धार र राहत वितरणको कार्यमा जुट्न हाम्रो पार्टी कमिटी र जनवर्गीय संगठनका सम्पूर्ण कमरेडहरुलाई आग्रह गर्दछौं,’ उनले भने ।

मिक्सोले अझै केही दिन मनसुन सक्रिय रहने भएकोले आम सर्वसाधरणलाई सुरक्षित स्थानमा रहन, नदी किनारमा नबस्न र आफ्ना परिवारका सदस्यहरु वृद्धवृद्धा, बालबालिका, गर्भवतीहरुको सुरक्षामा विशेष ध्यान दिन अपिलसमेत गरेका छन् ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.