तमोर नदीमा २ महिलाको शव फेला

Share this
812shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १३, आइतबार १२:३६

धनकुटा । तमोर नदीले बगाएर ल्याएको अवस्थामा आइतबार बिहान २ जना महिलाको शव फेला परेको छ । अलगअलग स्थानमा शव भेटिएका मृतकको पहिचान खुलेको छैन ।

धनकुटाको मुलघाटनजिकै धनकुटा नगरपालिका–९ र साँगुरीगढी गाउँपालिका–७ को सीमास्थित लेउती खोला र तमोर नदीको दोभानमा बिहान ८ बजेतिर १ जना महिला मृत फेला परेकी हुन् ।

धनकुटा प्रहरी प्रमुख एसपी श्यामसिंह चौधरीका अनुसार बालुवाले पुरिएको अवस्थामा शव भेटिएको छ । शव कताबाट बगाएर ल्याएको हो भन्ने खुल्न बाँकी छ ।

प्रहरीले धनकुटासहित छिमेकी जिल्लासँग पनि बुझ्ने काम गरिरहेको एसपी चौधरीले बताए । शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा लगेर घटनाको अनुसन्धान अघि बढाइएको जानकारी उनले दिए ।

उनका अनुसार चौबीसे गाउँपालिका–४ स्थित फलामेटारको विपरीततर्फ तमोर नदीको किनारमा १ महिलाको शव फेला परेको छ । तेह्रथुमको एरियामा बिहान ११ बजेतिर महिलाको शव भेटिएको एसपी चौधरीले बताए । घटनास्थलमा तेह्रथुमबाट प्रहरी जाँदै छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.