पहिरोमा पुरिएर नेपाली सेनाका कर्णेलको मृत्यु

Share this
688shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १३, आइतबार १५:४८

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा पहिरोमा पुरिएर नेपाली सेनाका १ जना लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी)को मृत्यु भएको छ ।

कोरियन साथीहरुसँग सिन्धुपाल्चोक घुम्न गएका सैनिक प्रतिष्ठान खरिपाटीमा कार्यरत कर्णेल मिलन केसीको मृत्यु भएको हो । उनी साथीहरुसँगै सनकोसी गाउँपालिका–४ विमरेनी जंगलनजिकको सिन्धु बीच रिसोर्टमा बसेका थिए ।

माथिबाट पहिरो आएर साथीहरु पुरिएपछि उनीहरुको उद्धार गर्न भनेर गएका केसीको त्यही पहिरोमा परेर मृत्यु भएको नेपाली सेनाले जनाएको छ । सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार नेपाली सेनाका कर्णेललाई पहिरोमा पुरिएको अवस्थामा फेला पारिएको छ ।

दोलखा घर भएका केसी कोरियाबाट आएका साथीहरुसँग घुम्न गएको बताइएको छ । पहिरोमा पुरिएका कोरियन नागरिकको अवस्था अहिलेसम्म अज्ञात रहेको प्रहरीले जनाएको छ ।

 

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.