
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार (आज) दिउँसो ४ बजे स्वदेश फर्किदै छन् ।
संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री गएका बेला मुलुक भने प्राकृतिक विपत्तिको मार परेको थियो । अमेरिकाबाट कतार आइपुगेका उनी दिउँसो ४ बजे उनी काठमाडौं आइपुग्ने छन् ।
ओली आएलगत्तै मन्त्रिपरिषद् बैठक बस्ने छ । बैठकमा प्रधानमन्त्रीले बाढी, पहिरो तथा डुबानबाट भएको क्षतिका विषयमा जानकारी लिने छन् । मन्त्रिपरिषद् बैठकले विपद् पीडितका लागि केही निर्णय लिने बताइएको छ ।
ओली असोज ४ गते अमेरिका गएका थिए । उनले संयुक्त राष्ट्रसंघको ७९ औँ महासभालाई असोज १० गते सम्बोधन गरे । अमेरिकामा रहँदा ओलीले विभिन्न देशका प्रधानमन्त्री र राष्ट्रपतिसँग भेटवार्तासमेत गरेका थिए ।
उनी विदेशमा रहेको र मुलुक भने विपद्को कहरमा परेको भन्दै सरकारको आलोचना भ

























