महिलाले आफ्नै शरीरमा लगाइन् आगो

Share this
761shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १५, मंगलबार १२:२२

इलाम । इलाममा मंगलबार बिहान १ जना महिलाले आफ्नै शरीरमा आगो लगाएकी छन् ।

झापाको अर्जुनधारा नगरपालिका–४ घर भएकी अन्दाजी २५ वर्षीया मीना मगरले आफ्नै शरीरमा कपडा राखेर आगो लगाएको प्रहरीले जनाएको छ । इलाममा डेरा बस्दै आएकी उनले शरीरमा आगो लगाउनुको कारण खुलेको छैन ।

शरीरमा आगो लगाएको देखेपछि स्थानीयले उद्धार गरेर उपचारका लागि अस्पताल पुर्याएका थिए । गम्भीर घाइते अवस्थाकी मगरलाई थप उपचारका लागि झापा पठाइएको छ ।

इलामा प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए । ‘आगोले शरीरका केही भाग जलेका छन् । बेहोस रहेकी घाइतेको अवस्था गम्भीर छ । आफ्नै शरीरमा आगो लगाउनुको कारण खुलेको छैन । थप कुरा अनुसन्धानपछि खुल्छ,’ राईले भने ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.