एमाले विराटनगर महानगर कमिटीको शुभकामना आदान–प्रदान

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १९, शनिबार १९:२०

विराटनगर । नेकपा एमाले विराटनगर महानगर संगठन कमिटीले चाडपर्वका अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ ।
महानगर कमिटीले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा एमाले कोशी प्रदेश इञ्चार्ज शेरधन राईले पार्टीलाई बलियो बनाउनका लागि सबै जना पार्टीको नीति, नियममा हिँड्नु पर्ने बताए ।

एमाले केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इञ्चार्ज जीवन घिमिरेले जननेता मदन भण्डारीले नेतृत्व गरेको महानगर कमिटीले पाएको नयाँ नेतृत्वले पार्टीलाई सफल बनाउने गरी लाग्नुपर्ने बताए ।

कार्यक्रममा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, एमाले कोशी प्रदेश सचिवालय सदस्य तथा विराटनगर महानगरपालिका इञ्चार्ज पर्शुराम बस्नेत, मोरङ जिल्ला संगठन कमिटीका अध्यक्ष बाबुराम कार्कीलगायतले शुभकामना दिँदै छोटो समयमा महानगर कमिटीले देखाएको सक्रियताको प्रशंसा गरे ।

उनीहरुले नेताकोपछि नभएर नीतिकोपछि लागेर कार्य गर्नुपर्ने बताए । महानगर कमिटीका अध्यक्ष रोहित कोइरालाको अध्यक्षतामा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएकाे थियाे

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.