दुई ठूला दल मिल्दासमेत सन्तोषजनक काम गर्न सकेनन्: डा. कोइराला

Share this
763shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज २२, मंगलबार १९:१२

विराटनगर । नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइरालाले दुई ठूला दल मिलेर सरकार बन्दा पनि सन्तोषजनक काम गर्न नसकेको बताएका छन् ।

मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै डाक्टर कोइरालले ठूला दलहरुले सरकारको नेतृत्व गर्दा समेत सन्तोषजनक काम नहुँदा जनताले दुःख पाउनु परेको बताएका हुन् ।

उनले सरकारले बाढी, पहिरोमा उद्धार, राहतलगायतका काम पनि प्रभावकारी रुपमा गर्न नसकेको टिप्पणी गरे । सञ्चारकर्मीले कोशी प्रदेशमा कहिले मन्त्री पठाउने भन्ने सोधेको प्रश्नमा डाक्टर कोइराला रुष्ट हुँदै आफूले मन्त्री पठाउने हैन भन्दै पार्टी सभापति शेरबहादुर देउवा, संसदीय दलका नेतालाई नै थाहा होला, उनीहरुलाई नै सोध्नु भन्ने जवाफ दिए ।

कोशी प्रदेशमा डाक्टर कोइरालाले २ वटा मन्त्रालय मागे पनि संस्थापन पक्षले एउटा स्वास्थ्य मन्त्री र एउटा राज्यमन्त्री दिएका कारण उनी रुष्ट भएका हुन् । मन्त्रालय बाँडफाँटमा डाक्टर कोइरालाको असन्तुष्टिकै कारण अझै पनि काँग्रेसले सबै मन्त्रीहरूलाई सरकारमा पठाउन सकेको छैन ।

डाक्टर कोइराला पक्षलाई दिएको स्वास्थ्य मन्त्री र एउटा राज्यमन्त्री नियुक्त हुन नसक्दा सरकारले पूर्णता पाउन सकेको छैन ।

ठूला दल मिलेर बनेको सरकारप्रति जनताले गरेको अपेक्षा अनुरुप सरकारले काम गर्न नसकेको बताउँदै, डाक्टर कोइरालाले भने, ‘दुई ठूला दल मिलेर बनेको सरकारले जनतालाई जुन भरोसा दिलाउन सक्नुपथ्र्यो त्यो भरोसा दिलाउन सकेन ।’

संविधान संशोधनको विषयमा पनि काम हुन नसकेको भन्दै काँग्रेस एमालेको गठबन्धन नटुट्ने पनि स्पष्ट पारे ।

कोशी प्रदेशमा नेपाली काँग्रेसको भागमा ४ जना मन्त्री र २ जना राज्यमन्त्री परेको छ । जसमध्ये संस्थापन पक्षलाई २, कृष्ण सिटौला पक्षलाई १ र डाक्टर कोइराला पक्षलाई १ मन्त्री र १ राज्यन्त्रीको टुंगो लागेको थियो ।

जसमध्ये काँग्रेसले ३ मन्त्री र १ राज्यमन्त्री पठाइसकेको छ भने डाक्टर कोइराला पक्षका मन्त्री र राज्यमन्त्री मात्र सरकारमा सहभागी हुन सकेका छैनन् ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.