पथरीशनिश्चरेमा निर्माणाधीन घरभित्र करेन्ट लागेर आइतहाङको मृत्यु

Share this
733shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज २९, मंगलबार २१:५५

विराटनगर । मोरङको पथरीशनिश्चरेमा आफ्नै निर्माणाधीन घरभित्र करेन्ट लागेर मंगलबार साँझ १ जनाको मृत्यु भएको छ ।

पथरीशनिश्चरे नगरपालिका–१ का ५९ वर्षीय एकराज भनिने आइतहाङ केदेन लिम्बूको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले जानकारी दिए । उनका अनुसार आफ्नै निर्माणाधीन पक्की घरमा ‘मल्टिप्लग’बाट तार जोडेर बत्ती बाल्ने क्रममा साँझ ६ः४५ बजेतिर करेन्ट लागेर लिम्बू घाइते भएका थिए ।

गम्भीर घाइते अवस्थाका उनलाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होम ल्याइएको थियो । उपचारका क्रममा साँझ ७ः५० बजेतिर मृत्यु भएको डीएसपी दाहालले बताए । घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.