न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै कोशी प्रदेश सरकार

Share this
760shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १, बिहीबार १५:५२

विराटनगर । कोशी प्रदेश सरकारले आज (बिहीबार) आफ्नो न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै छ ।

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपरान्ह ४ः३० बजे सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी छ । नेकपा (एमाले) र नेपाली कांग्रेस गठबन्धनको प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम बनाउन असोज ६ गते कार्यदल गठन गरेको थियो ।

६ सदस्यीय कार्यदलमा २ जना मन्त्रीसमेत छन् । सत्तापक्षीय संसदीय दलको संयुक्त बैठकले न्यूनतम साझा कार्यक्रम तय गर्न कार्यदल गठन गरेको थियो ।

कार्यदलमा एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर, एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी र प्रदेश सांसद तिलचन पाठक तथा कांग्रेसबाट भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राई, कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्की र कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङ थिए । कार्यदलले न्यूनतम साझा कार्यक्रम तयार गर्न असोज २३ गतेसम्मको समय पाएको थियो ।

समितिले तयार गरेको न्यूनतम साझा कार्यक्रमलाई प्राथमिकतामा राखेर सरकारले आफ्नो काम गर्नेछ । कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम, २०८१ कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाको उपस्थितिमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई बुझाउने कार्यक्रम छ ।

कार्यदलले बुझाएपछि मुख्यमन्त्री कार्कीले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने मुख्यमन्त्रीका स्वकीय सचिव कमल पौडेलले बताए । न्यूनतम साझा कार्यक्रमलाई प्राथमिकतामा राखेर सरकारले काम गर्ने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.